September 3, 2006

तारा जुवाघरमा सालाभिनाको रंगीला नृत्य

Filed under: Pardafash

काठमाडौं । जुवा खेलाएर र्सवसाधारणलाई घर न खेतको अवस्थामा पुर्‍याउने मात्रै होइन, कसैको घर भत्कोस्, ब्रि्रोस्, लथालिंगै किन नहोस्, कुनै मतलब नराख्ने जुवाधन्दाका ठेकेदारको नियत र उनीहरूको जीवनशैली कस्तो हुन्छ भन्नेबारे अब धेरैलाई बुझाइरहनु नपर्ने भएको छ ।

विदेशीलाई मात्रै जुवा खेलाउने इजाजतप्राप्त जुवाघरहरूले सरकारको आदेशलाई त ठाडै कुल्चेका छन् नै, त्यसबाहेक पनि उनीहरूलाई कहाँबाट, कस-कसको संरक्षण प्राप्त छ भन्ने बुझिनसक्नुभएको छ । दुनियाँलाई लुट्नैका लागि सञ्चालन गरिएको जुवाघर सञ्चालकले विदेशी आउन छाडेपछि ‘रन्डी र रक्सी’ को प्रलोभन देखाउँदै नेपालीलाई नै लोभ्याइरहेका छन् तर त्यसतर्फन इजाजत दिने निकायको आँखा पुगेको छ, न प्रहरी प्रशासनकै । यदाकदा प्रहरीको वडा, जिल्ला, उपत्यका तथा सिंगो संगठनकै प्रमुख फेरिएको बेला मोलतोल चर्काउन जुवाघरमा नेपाली प्रवेशमा कडाइ गरिन्छ, एकै रातमा तीन-चारपटकसम्म छापा हान्ने गरिन्छ तर बिस्तारै मोलतोल मिलेपछि आँखामा पट्टी र कानमा कपास कोचेर बस्ने काम हुन्छ । सायद अहिले पनि यस्तै भएको छ भन्ने नबुझेको विषय होइन । जुवा सञ्चालकहरू जसरी हुन्छ, पैसा थुपार्नमै मस्त हुन्छन् । यस्तै नियत राख्दै दुनियाँसँग पैसा लुट्दै, केटी फर्ेदै रंगिला जीवन बिताउने दर्ुइ सालाभिनाको नियत र धन्दाबारे खोजतलासलाई जानकारी प्राप्त भएको छ । (more…)

August 22, 2006

अपडेट: चौधरी ग्रुपको पर्दाफास

Filed under: Pardafash

प्रहरी हिरासतमा विष्णु महेश्वरीको रहस्यमय मृत्यु, चौधरी ग्रुप तानियो, प्रहरी मिलेको आशंका, सूक्ष्म छानबिनको माग

काठमाडौं । चौधरी ग्रुपमा कार्यरत भारतीयमूलका एक कर्मचारीको हिजो प्रहरी हिरासतमै रहस्यमय मृत्यु भएको छ । प्रहरीले उनको मृत्यु आफ्नै कार्यालयको छतबाट हामफालेर भएको बताएको छ । ४५ वषर्ीय मृतक विष्णु महेश्वरी विवादास्पद उद्योगपति विनोद चौधरीको औद्योगिक प्रतिष्ठान चौधरी ग्रुपको ललितपुरस्थित सीजी फुड्समा सहायक प्रबन्धक पदमा कार्यरत थिए । भारत घर भएका महेश्वरीले हिजो बिहान सवा दस बजे हनुमानढोकास्थित उपत्यका केरकार शाखाको बरन्डाबाट हथ्कडीसहित थुनुवाहरु नुहाउनका लागि छापिएको ढंुगामाथि हामफालेर आत्महत्या गरेको बताइएको छ । उनलाई करिब तीन सातादेखि केरकार प्रहरीले ठगीको आरोपमा गिरफ्तार गरी हिरासतमा राख्दै आए पनि घटनापछि भने शुक्रबार समातेको बताएपछि प्रहरीमाथि थप शंका उब्जेको छ । केरकार प्रहरीले किन यत्रो दिन हिरासतमा राख्यो, उसमाथि लगाइएको आरोपबारे कस्तो अनुसन्धान भइरहेको थियो, त्यसबारे भने केही बताइएको छैन । मृतक महेश्वरी चौधरी ग्रुपमा मासिक २१ हजार पारिश्रमिक पाउने उपल्लोस्तरका कर्मचारी थिए । (more…)

August 21, 2006

विवादास्पद उद्योगपछि विनोद चौधरीले थुनाएको व्यक्ति प्रहरीकै छतबाट हाम फाली आत्महत्या

Filed under: Pardafash

खोजतलासwww.khojtalashonline.comद्वारा चौधरी ग्रुपको पर्दाफास गरेको यो समाचार मलाई अत्यन्तै गहकिलो लागेर यहाँ स्थान दिएको छु साथै खोजतलास दैनिकलाई यो पनि सुझाव छ कि चौधरी ग्रुप जस्तो दर्ुइ नम्बरी धन्धा गर्नेहरुलाई अझै नंग्याउन पनि अनुरोध छ । फोटो बिवादास्पद उद्योगपति बिनोद चौधरीको हो
काठमाडौं । चौधरी ग्रुपमा कार्यरत भारतीय मुलका एक कर्मचारीको आज प्रहरी कब्जामै रहश्यमय मृत्यु भएको छ । प्रहरीले उनको मृत्यु आफ्नै कार्यालयको छतबाट हाम फालेर भएको बताएको छ । विष्णु महेश्वरी नामका मृतक विवादास्पद उद्योगपति विनोद चौधरीको औद्योगिक प्रतिष्ठान चौधरी ग्रुपका पर्ूव कर्मचारी हुन् । भारत घर भएका चौधरी ग्रुपका पर्ूवकर्मचारीले आज विहान सवा दशबजे हनुमानढोकास्थित उपत्यका केरकार शाखाको छतबाट हाम फालेर आत्महत्या गरेको बताइएको छ । उनलाई करिव तीन सातादेखि केरकार प्रहरीले ठगीको आरोपमा गिरफ्तार गरी हिराशतमा राख्दै आएको थियो । पूर्ण पाठको लागि भित्र आउनुहोला (more…)

August 20, 2006

Critical Bugs Reported in Windows Vista

Filed under: Technology

Microsoft this week alerted users to the fact that two of the security bulletins it issued within its Patch Tuesday release on Aug. 8 pertain to the Windows Vista beta OS. Windows Vista is the first major Microsoft product release that will be serviced with security updates throughout the beta process, according to Vista Product Manager Alex Heaton.
Amid the chatter over fixes included in Microsoft’s (Nasdaq: MSFT) TechNet Security Center: Tools & Guidance to Defend Your Network Latest News about Microsoft Patch Tuesday release for this month, the software giant quietly announced that two patches in its Aug. 8 security bulletin also pertain to Windows Vista. (more…)

Google Video: Not Ready for Prime Time Yet

Filed under: Technology

There are a few things Google Video does quite well. As you would expect from a company whose stated mission is to organize the world’s information, Google’s video site has a wealth of clips. Also, casual visitors to the site don’t need to sign in to enjoy Google Video’s fruits. If you plan to upload or buy videos, you need to register, but that process is brief, free, and leaves you with a nifty Gmail account.
The list of Web sites serving up an array of video services is getting longer all the time. Most are a clearinghouse for countless short clips, ranging from the humorous to informative to downright odd. Some provide tools for uploading and sharing. Others are online video stores. Some, including Google (Nasdaq: GOOG) Latest News about Google Video, are a combination of all three. (more…)

Mass Market for WiMax Still Years Away

Filed under: Technology

From TechNewsWorld
“The U.S. WiMax market is at a point of inflection,” said John Green, a partner at the research consultancy BusinessEdge Solutions. “The trail-blazing companies have demonstrated that the technology works and that there is a viable business model.”
The mass market for WiMax technology faces a number of challenges, but will probably reach its potential within five years.

“Now that the certification of WiMax equipment has started and coverage areas have begun to expand beyond basic trials, WiMax equipment suppliers and chip makers face a much less uncertain future,” said Stephen Entwistle, vice president of the strategic technologies practice at Strategy Analytics. “Even so, most remain cautious.”

The U.S. market for WiMax technologies, like power amplifiers, transceivers and other infrastructure, as well as services and applications, differs dramatically by region. (more…)

Hot Nepali Model

Filed under: Entertainment

Name: Poozana
Birthdate: Jan 14, 1985
Birthplace: Nepal
Zodiac Sign: Capricorn
Education: BBS
Vital Stats: 34’ 25’ 36’
Height: 5’4”
Weight: 49 kg
Skin Color: Wheatish
Eye Color: Black
Hair Color: Black
Marital Status: Single
Other occupation besides modeling: Acting
Modeling started in: 2003
Hobbies & Interest: Listening to music, dancing, modelling
Your biggest assets: My confidence

August 19, 2006

लोकमानजस्तै !

Filed under: Pardafash

नेपाल समाचारपत्रको धरहराले पर्दाफास गरेको अर्थमन्त्रीको रुप
फ्रेन्चकट दाह्री भएका, चश्मा लगाउने, डम्म जीउडालका अर्थमन्त्री डा. रामशरण महत को जस्तो देखिनुहुन्छ – स्वाभाविक रूपले उत्तर हुन सक्छ- ल को जस्तो रे, उहा“ आफैंजस्तो नि ! तर हैन, उहाँ त लोकमानसिंहजस्तो पो देखिनु हुदो रै’छ त। डा. महत हिजो संसद्को मूलढोकाअगाडि पश्चिमतिर र्फर्केर एक जनासँग कुराकानी गर्दै हुनुहुँदो रहेछ। अलि पर संसदीय पत्रकार समाजको कार्यालयनेरबाट कांग्रेसकै केही सांसदहरू आउँदै रै’छन्। उनीहरूले यस्सो हेरेका त फ्रेन्चकट दाह्री, डम्म जीउडाल भएका, लोकमान नै आएजस्तो लागेछ र ‘ए लोकमान त यहीँ पो रहेछन्’ भनेछन्। यसो भन्दा मच्चिएको हाँसो महतले पनि सुनेर उतैतिर टाउको र्फकाउनुभएछ। अनि त ‘ए हाम्रै अर्थमन्त्री पो !’ भन्दै उनीहरू ट्वाँ परेछन्। । यो सबै दृश्य हेरिरहेको धरहरा र्सवप्रथम जसको अनुहारमा पनि लोकमानकै प्रतिरूप देख्ने सांसदहरूको क्षमतालाई कदर गर्न चाहन्छ। यस्तै केहीले लोकमानजस्तो भन्दा अर्थमन्त्री रिसाउनुहोला नि भनेर डराए पनि धरहरा त्यस्तो डराउनुपर्ने केही नभएको ठान्छ। किनभने ‘विशेष सचिव’ जस्तो पदमा लोकतान्त्रिक सरकारद्वारा नै पुर्‍याउने तयारी गरिएका लोकमानजस्तै भन्नु त महत महोदयकै लागि ‘गौरव’ को कुरा हुने भो, हैन र !!

बलात्कारी डा. नागेश्वर यादव, प्रहरी खोरमा

Filed under: Pardafash

न्यूज अफ नेपालले पर्दाफास गरेको यो समाचारमा डाक्टर पनि कति नीच हुन्छन् भन्ने कुरा देखाएको छ ।
गोंगबु सामुदायिक स्वास्थ्य सेवा केन्द्रमा कार्यरत एक चिकित्सकले स्वास्थ्य परीक्षणका लागि आएकी एक युवतीलाई शुक्रबार बेलुकी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
सो सामुदायिक सेवा केन्द्रमा कार्यरत डा. नागेश्वर यादवले छाती र पेट दुःखेर परीक्षणका लागि दिउँसो ३ बजे आएकी धादिङ तिप्लिङकी तामाङ थरकी युवतीलाई बलात्कार गरेको पीडितकै आफन्तले बताए। विदेश जाने चक्करमा रहेकी तामाङलाई एक्कासि छाती र पेट दुख्न थालेपछि सो सेवा केन्द्रमा परीक्षणका लागि जाँदा डा. यादवले निर्वस्त्र पारेर बलात्कार गरेको आरोप पीडितले लगाएको प्रहरीले जनाएको छ। सामान्य परीक्षणपछि एक्सरे गर्नुपर्ने भन्दै भित्र लगेर नांगै बनाई बलात्कार गरेको पीडित पक्षले जानकारी दिएको छ। (more…)

China bank to invest $1b in West Seti, Nepal

Filed under: Pardafash

China’s state owned Export-Import Bank (China Exim Bank) has agreed to extend financing of one billion US dollars for the 750 megawatt West Seti hydroelectric project to be built by Australia’s Snowy Mountain Engineering Corporation (SMEC).

The Chinese bank and SMEC have already signed an agreement and the latter is announcing the agreement in Kathmandu Monday. The multi-billion rupee power project will be constructed by China National Machinery and Equipment Import and Export Company, according to the agreement. (more…)

नेपालका आइजीपीले गृहमन्त्रीको बचाउ यसरी गरे

Filed under: Pardafash

प्रहरी संगठनभित्रको असन्तुष्टिलाई उजागर गर्दै आएको खोजतलास दैनिकलाई धन्यबाद त दिनै पर्छ । आज पनि शनिवार परेकाले खासै काम थिएन इन्टरनेटमा समाचार साइटहरु हेर्दाहेर्दै खोजतलासको साइटमा पुगें । समाचारहरु हेर्दै जाँदा मेरो आँखा “गृहमन्त्री बचाउन आईजीपीले मुख खोले, जेष्ठता, कार्यक्षमता र दक्षताको आधारमा पदोन्नति गरिएको दाबी” शिर्षकमा पर्‍यो । सबै समाचार पढिसकेपछि मैले यो समाचारलाई मेरो ब्लगमा स्थान दिएको छु ।

काठमाडौं । नेपाल सरकारद्वारा हालै डीआईजीमा पदोन्नति गरिएका विवादित प्रहरी अधिकारीबारे संगठनभित्र र जनसमक्ष सरकारी निर्ण्र्ाा्रति चर्काे असन्तुष्टि छाइरहेका बेला कायममुकायम प्रहरी महानिरीक्षक ओमविक्रम राणाले भने गृहप्रशासनको बचाउका निम्ति मुख खोल्नुपरेको खबर छ ।

हालै डीआईजीमा पदोन्नति पाएका विवादित तथा भ्रष्टहरूलाई दर्ज्यानी चिहृन प्रदान गर्ने क्रममा कायममुकायम प्रहरी महानिरीक्षक ओमविक्रम राणाले क्षमतावान् तथा दक्ष भएको कारण उनीहरूले बढुवा पाएको दाबी गर्नुभएको छ । हिजो प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजी राणाले बढुवा पाउने विवादित प्रहरी अधिकारीहरू ‘कुशल र योग्य’ रहेको आशय व्यक्त गरिँदा त्यहाँ उपस्थित संगठनका धेरै सदस्यको मन अमिलो भएको बताइन्छ । आईजीपी राणाले गृहमन्त्रीको बचाउका लागि त्यस्तो आशय व्यक्त गर्नुभएको एउटा ‘सत्य शब्द’ ब्रिफिङका क्रममा फुत्केको छ, जसले गर्दा एसएसपीबाट डीआईजीमा बढुवा गरिएको प्रति स्वयम् उहाँ आफैं सन्तुष्ट हुनुहुन्न भन्ने आशंका सहजै गर्न सकिन्छ । उहाँले बिप्रिmङका क्रममा ‘आइन्दा जेष्ठता, कार्यक्षमता र दक्षताका आधारमा निस्पक्ष बढुवा हुनेमा आफू विश्वस्त रहेको’ बताउनुले यसपटकको बढुवामा माथिबाट पर्ूण्ा हस्तक्षेप भएको मात्रै संकेत गर्दैन, उहाँ सन्तुष्ट नरहेको पनि पुष्टि गर्दछ । किनकि बढुवा पाउनेहरूमा अन्धालाई सवारी लाइसेन्स प्रदान गर्ने, सुनकाण्डमा कारबाहीमा परेका, निरंकुशतन्त्रलाई सघाउने, अक्षम, भ्रष्ट, माफियासँग हातेमालो गर्नेलगायत छन् भने कतिपय विभागीय रर्ेकर्डमै नसियत पाउनेहरूको पनि बढुवा भएको छ । पुर्ण पाठको लागि भित्र आउनुहोला (more…)

नक्कली सून बनाएर धन्धा गर्नेको पर्दाफास

Filed under: Pardafash

खोजतलास दैनिकwww.khojtalashonline.comले पर्दाफास गरेको समाचारले यस साइटमा स्थान पाएको छ

काठमाडौं । नक्कली ट्याग र मनोगढन्ते क्र्याटका नाममा बजारमा सुनका नक्कली सिक्का र बिस्किटको उत्पादन गर्दै आएका डिल्लीबजार, घट्टेकुलोस्थित सत्यनारायण तथा उनका तीन छोरा गोपाल, किसन र घनश्यामका धन्दाबारे खोजतलासमा गत बुधबार समाचार प्रकाशित भएपछि उनीहरूको निदहरण भएको छ भने उनीहरूसँग खरिद गरेर बिक्री गर्न पल्केका न्युरोडतिरका सुन व्यापारीको समेत कारबाहीमा पर्ने डरले मुटुमा ढ्याङग्रो ठोक्न थालेको छ ।
बिस्तृत विवरणको लागि भित्र आउनुहोला (more…)

कोरियामा नेपालीको दर्दनाक अवस्था

Filed under: Pardafash

खोजतलास दैनिक www.khojtalashonline.com बाट
काठमाडौं । नेपाली कामदारको आकर्षाको केन्द्रबिन्दु बनेको दक्षिण कोरियामा नेपाली कामदारले कस्तो अवस्था बेहोर्नुपरेको छ भन्ने दारुण प्रतिवेदन अन्तर्रर्ााट्रय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले विश्वभर एकसाथ र्सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा दक्षिण कोरियामा हजारौं नेपाली कामदार भेदभाव, शोषण र दयनीय अवस्थाले आत्महत्यासमेत गर्न बाध्य भएको उल्लेख छ ।

‘दक्षिण कोरिया, आप्रवासी कामदारको शोषण र ज्यादती’ शर्ीष्ाक उक्त प्रतिवेदनमा ५० हजार नेपाली दक्षिण कोरियामा रहेको र उनीहरू अन्य मुलुकबासीको दाँजोमा बढी पीडित, शोषित भएको बताइएको छ । कोरियामा पुग्ने आप्रवासीले प्रशस्त पैसा कमाउन सक्ने भए पनि कामदारका लागि उत्तिकै खतरा रहेको प्रतिवेदनमा उल्लेख छ । कामदारले बिरामी हुँदा समयमा नै उपचार नहुने, आफ्ना मानिसलाई भेटघाटमा पर्ूण्ा प्रतिबन्ध, कामदारप्रति कम्पनीले कामदारका लागि दिनुपर्ने सुविधा उपालब्ध नगराउने गरेको बताइएको छ । कतिपय कामदारले आत्महत्या गर्नुको पछाडि घर र्फकने पैसाअभाव रहेको प्रतिवेदनमा उल्लेख छ । थुप्रै कामदार घर र्फकने पैसा नभएका कारण कोरियामा नै ज्यान पालेर बस्न बाध्य भएका छन् । खासगरी कोरियामा नेपाललगायत चीन, भियतनाम, बंगलादेश, फिलिपिन्स र इन्डोनेसियालगायत देशबाट वैध वा अवैधरुपमा कामदार जानेगरेका छन् । त्यहाँको अवस्था जस्तोसुकै भए पनि वेरोजगार नेपालीहरु भने कोरिया जान हत्तै हाल्ने गर्छन् ।

August 18, 2006

The 2005 (TI) Corruption Perceptions Index

Filed under: Pardafash

According to the annual survey by the Berlin-based organization Transparency International, Iceland is perceived to be the world’s least corrupt country, and Bangladesh and Chad are perceived to be the most corrupt. The index defines corruption as the abuse of public office for private gain, and measures the degree to which corruption is perceived to exist among a country’s public officials and politicians. It is a composite index, drawing on 16 surveys from 10 independent institutions, which gathered the opinions of businesspeople and country analysts. Only 159 of the world’s 193 countries are included in the survey, due to an absence of reliable data from the remaining countries. The scores range from ten (squeaky clean) to zero (highly corrupt). A score of 5.0 is the number Transparency International considers the borderline figure distinguishing countries that do and do not have a serious corruption problem.

Countries that have improved their rating since the 2004 index were Argentina, Austria, Bolivia, Estonia, France, Guatemala, Honduras, Hong Kong, Japan, Jordan, Kazakhstan, Lebanon, Moldova, Nigeria, Qatar, Slovakia, South Korea, Taiwan, Turkey, Ukraine, and Yemen. Some of the countries that have a worse rating since 2004 include Costa Rica, Gabon, Nepal, Papua New Guinea, Russia, Seychelles, Sri Lanka, Suriname, Trinidad & Tobago, and Uruguay.पूरा सूचि हेर्नको लागि भित्र आउनुहोला (more…)

World’s Ten Most Corrupt Leaders

Filed under: Pardafash

सन् २००४ मा ट्रान्सपरेन्सी इन्टरनेशनल ले र्सार्वजनिक गरेको संसारका सबैभन्दा घुस्याहा नेताहरु
1. Mohamed Suharto [President of Indonesia (1967–1998)] $15–35 billion
2. Ferdinand Marcos [President of the Philippines (1972–1986)] 5–10 billion
3. Mobutu Sese Seko [President of Zaire (1965–1997)] 5 billion
4. Sani Abacha [President of Nigeria (1993–1998)] 2–5 billion
5. Slobodan Milosevic [President of Serbia/Yugoslavia(1989–2000)] 1 billion
6. Jean-Claude Duvalier [President of Haiti (1971–1986)] 300–800 million
7. Alberto Fujimori [President of Peru (1990–2000)] 600 million
8. Pavlo Lazarenko [Prime Minister of Ukraine (1996–1997)] 114–200 million
9. Arnoldo Alemán [President of Nicaragua (1997–2002)] 100 million
10. Joseph Estrada [President of the Philippines (1998–2001)] 78–80 million

*अंकहरु सबै अमेरिकी डलरमा छन्

दरवारको जग्गा छत्तिस हजार दर्ुइ सय नौं रोपनी, गरगहना र नगद ख्वै -, नागरिक सरहका राजा ज्ञानेन्द्रको सम्पत्ती खोसीनेमा आशंका

Filed under: Pardafash

खोजतलास दैनिकwww.khojtalashonline.comले पर्दाफास गरेको दरबारको जग्गा सम्वन्धी समाचार जस्ताको त्यस्तै
काठमाडौं । मुलुकमा लोकतन्त्रको बहालीपछि राजा र राजपरिवारको सम्पत्ती र्सार्वजनिक गर्नु पर्ने जनआवाजअनुसार आज प्रतिनिधि सभा प्राकृतिक स्रोत साधन समितिले राजा र राजपरिवारका नाममा रहेको सम्पर्ूण्ा जग्गा विवरण र्सार्वजनिक गर्ने क्रममा ३६ हजार २ सय नौं रोपनी जग्गा रहेको खुलासा गरे पनि नगद तथा गरगहनाका साथै बहुमुल्य बस्तुका बारेमा भने मौनता देखाएको छ ।

प्रतिनिधि सभा प्राकृतिक स्रोत साधन समितिको आज बसेको बैठकले राजा र राजपरिवारको नाममा रहेको सम्पत्ती तथा जग्गा विवरण र्सार्वजनिक गर्दा २०५८ जेष्ठ १९ को नारायणहिटी हत्याकाण्डमा मारिएका राजारानी, युवराज, अधिराजकुमार, अधिराजकुमारीलगायत राजपरिवारका सदस्यको सम्पत्ती छुट्टाछुट्टै र्सार्वजनिक गर्ने बताइए पनि एक मुष्ट र्सार्वजनिक गरिएको छ । विगतदेखि नै राजा र राजपरिवारको सम्पत्ती र्सार्वजनिक हुनु पर्ने आवाज उठिरहे पनि तत्कालिन राजा विरेन्द्रले यसतर्फध्यान नै दिएनन् भने वर्तमान राजा ज्ञानेन्द्रले त सबै सम्पत्ती राष्ट्रकै भएको बताउँदै आफ्नो महाराजगन्जस्थित निर्मल निवाससमेत युवराज निवास भएको चलाखीपर्ूण्ा अभिव्यक्ति दिएर जनआवाज छल्ने प्रयास गर्दै आएका थिए । तर, जनताले भने राजा र राजपरिवारका नाममा रहेको सबै सम्पत्ती राष्ट्रियकरण गर्नु पर्ने माग छाडेका छैनन् । यस्तो परिवेशमा राजा र राजपरिवारको नाममा रहेको अचल सम्पत्ती र्सार्वजनिक भए पनि त्यो राष्ट्रियकरण हुन्छ भन्नेमा सबैलाई शंकैछ । तर, भूमिसुधार मन्त्री प्रभुनारायण चौधरीले भने मन्त्रिपरिषद्को बैठकले निर्ण्र्ाागरेपछि मात्रै राजा र राजपरिवारको नाममा रहेको जग्गा रोक्का तर्फपहल गरिने बताउनु भएको छ । (more…)

Nepali workers exploited, abused in S Korea

Filed under: Pardafash

Tens of thousands of migrant workers in South Korea face discrimination, exploitation and appalling working conditions, according to a new report by Amnesty International (AI).

Many face a spiral of debt and are forced to work illegally because their employers withhold their salaries and existing laws make it hard to change jobs legally, the London-based human rights watchdog—AI said in a statement Thursday.

Around 360,000 migrant workers—or 1.5 percent of the workforce—were believed to be working in South Korea as of June 2006, based on government and NGO figures. Workers come from Nepal, China, Vietnam, Bangladesh, the Philippines and Indonesia among other countries.

(more…)

इराकी जेलबाट नेपालीहरुको क्रन्दन

Filed under: Pardafash

मेरो संसारले पर्दाफास गरेको इराकी जेलबाट नेपालीहरुको क्रन्दन शिर्षकको समाचारले मेरो मनमा अर्को भदौ १६ को कहालीलाग्दो सम्झना दिलाएको छ । मेरो संसारबाट उक्त समाचार जस्ताको त्यस्तै
यो चिठ्ठी तपाईहरु (परिवार) को हातमा पुग्दा हामी बाँचेका हुन्छौं वा मरेका हुन्छौं थाहा छैन। हामीले खाना नपाएका २४ भन्दा बढी दिन जेलको छिंढीमा विताइसक्यौं। हामी त मर्र्छौं वा बाँच्छौं थाहा छैन तर ओसिटी सेक्सन कार्यरत रहेका सम्पूर्ण नेपालीहरुलाई बचाउनु।’
इराकी जेलमा रहेका चार नेपालीले आफ्नै जीवन बचाउन नेपाली दाजुभाइलाई लेखिएको हृदयविदारक पत्रमा उल्लेखित विवरण एक अंश हो। ‘हाम्रो जिन्दगी त गयो तर, हामीजस्ता १५ भन्दा बढी नेपाली दाजुभाइहरुको ज्यान जोखिममा छ।’
इराकी प्रहरीको कडा यातना सहँदै चार जना नेपाली युवक त्यहाँको बास्रा जेलमा रहेको पुष्टि भएको छ। जेलमा मकवानपुर पदमपोखरी १ का सुमन लामा थोकर दमक नगरपालिका झापाका रामकुमार र्राई, पोखराका कृष्णबहादुर महत र दोलखा चरिकोटकार् इश्वर बस्नेत गत जेष्ठ १० गतेदेखि बास्रा जेलमा रहेको उनीहरुले जेलबाट पठाएको पत्रबाट पुष्टि भएको छ। (more…)

August 17, 2006

आजभोलि नै एसएसपी र एसपीको पदपर्ूर्ति, बढुवा खान चलखेल र दौडधुप तीव्र

Filed under: Pardafash

खोजतलास दैनिकको अनलाईन संस्करण www.khojtalashonline.com मा २०६३ भाद्र १ गते प्रकासित यो समाचारप्रति पनि मेरो ध्यानाकर्षा भएको छ । प्रहरी संगठनभित्रको असन्तुष्टिलाई उजागर गर्ने गरि लेखिएको यो समाचारलार्य पनि मेरो पर्दाफासमा स्थान दिएको छु ।
काठमाडौं । नेपाल प्रहरीको रिक्त एसएसपी र एसपी पदपर्ूर्तिको तयारी अन्तिम अवस्थामा पुगेको र उक्त निर्ण्र्ााआजभोलि नै हुने खबर छ । सकभर आफ्नो नाम बढुवा लिस्टमा पार्न अन्तिम अवस्थासम्म पनि प्रतिस्पर्धीहरूको चलखेल जारी नै छ भने ठूलै टेन्डरको प्रलोभनले निस्पक्ष निर्ण्र्ााा प्रभाव पार्न सक्ने बताइन्छ । (more…)

मनकामना म्यानपावर र गण्डकी ओभरसिजको लापरवाही

Filed under: Pardafash

मलेसियामा नेपाली कामदारहरुको कन्तबिजोक, माओवादीले नछाड्ने
खोजतलास दैनिकको यो समाचारप्रति पर्दाफासको ध्यान आकृष्ट भएको छ । खोजतलास दैनिकको समाचार र त्यसमा नपुग केही कुराहरु पर्दाफासले थपेर यहाँ प्रस्तुत गरेको छ ।
काठमाडौं । वैदेशिक रोजगारका लागि मलेसिया पुगेका नेपाली युवाले आफूहरू अलपत्र परेको बताउँदै उद्धारका लागि आग्रह गरेका छन् । विभिन्न मेनपावर कम्पनीमार्फ मलेसिया पुगेका ती युवाले पहिले भनेबमोजिमको कम्पनीमा नपर्ठाई आफूहरूलाई अर्कै कम्पनीमा पठाएकोमा सोको विरोध गर्दा झन्डै चार महिनादेखि आफूहरु अलपत्र परेको जनाएका छन् ।

प्राप्त खबरअनुसार गत फागुनमा काठमाडौंस्थित मनकामना मेनपावर नेर्टवर्क प्रालि र गण्डकी ओभरसिज प्रालिले मलेसियास्थित सामसुङ कम्पनीमा पठाउने भन्दै ती युवाबाट एक लाख १५ हजारदेखि एक लाख २० हजार रकम असुल गरेका थिए । मलेसिया जाने निश्चित भएपछि उडानको टुंगो लगाउन मेनपावर गएका बेला अन्य अपरिचित व्यक्तिहरू भेला गर्राई सामसुङभन्दा राम्रो कम्पनीमा पठाउने भन्दै थप ५० हजार लिएर ९ फेब्रुअरी २००६ मा मलेसिया पठाइएको ती युवाले फ्याक्समार्फ् पठाएको निवेदनमा जानकारी दिएका छन् । सामसुङ कम्पनीको शाखा भन्दै बुरसी नामक कम्पनीमा पठाइएका ती युवाले त्यहाँ कुनै सुविधा नभएको र लगातार चार महिनादेखि तलब नपाएको गुनासो गर्दै मेनपावरमा खबर गरेका थिए ।

तर, उनीहरूको गुनासो सुन्नुको साटो कम्पनी मालिकसँग मिलेर मनकामना मेनपावर कम्पनीका प्रबन्धक कपिलदेव थापा मलेसियामै पुगी उल्टै आफूहरूलाई जेल हाल्ने धम्की दिँदै फर्किएको युवाहरूले बताएका छन् । काठमाडौंस्थित मनकामना मेनपावर नेर्टवर्क प्रालिका तत्कालीन प्रबन्धक कपिलदेव थापा, रीता खनाल, प्रदीप श्रेष्ठ, नरेन्द्र गुरुङलगायतको समूहले ती युवाबाट रकम लिएका थिए । सो मेनपावरबाट मलेसिया जाने युवामा ज्ञानबहादुर थिङ, राजु सापकोटा, मित्रलाल धलान, बुद्धरत्न थिङ लामा, रुपचन्द्र लामा, कृष्णबहादुर कार्की, गणेशबहादुर कार्की, राजेश धलान, चन्द्रबहादुर अधिकारी, जीवन बस्नेत, कृष्णप्रसाद पन्थी, टंकराज थापामगर, कुमार कामी, रामबहादुर आले, योगबहादुर आले तथा राजकुमार श्रेष्ठलगायत रहेका छन् । त्यस्तै, सोही कम्पनीमार्फ् मलेसिया पुगी छ महिनादेखि अलपत्र परेका अन्य युवामा फेमा लामा, मानबहादुर, र्सर्ूयबहादुर तामाङ, लंकाबहादुर तामाङ, नुतबहादुर मगर, प्रितम थापा, परमेश्वर यादव, खुवीराज गुरुङ, ज्ञाल्बु तामाङ, नरेश बुढाथोकी, रोहित खत्री, रामबाबु यादव, महेश यादव र मक्करबहादुर सुवेदी रहेका छन् । यसैबीच प्राप्त खबरअनुसार प्रदीप श्रेष्ठ, नरेन्द्र गुरुङ तथा उनीहरुको एक समूहले मनकामना म्यानपावर छाडी अर्कै म्यानपावर दर्ता गर्न लागेको बुझिएको छ । यसबारे अनुसन्धान भइरहेको माओवादीले जनाएका छन् । (more…)






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft